नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) १५.७४ अंकले घटेर २१११.६३ विन्दुमा पुगेको छ । साताको तेस्रो दिन नेप्सेमा ७५ लाख ५३ हजार २ सय ३५ कित्ता शेयर २ अर्ब ८२ करोड रुपैयाँ बराबरमा कारोवार भएको हो । सोमबार नेप्सेमा ३ अर्ब ३० करोड रुपेयाँ बराबरको शेयर कारोवार भएको थियो ।
आज कारोवारमा आएका २०६ कम्पनीमध्ये ५७ को शेयरमूल्य बढेको, १४८ को घटेको र ११ को स्थिर रहेको छ । १३ मध्ये हाईड्रोपावर इन्डेक्स बाहेक १२ वटा उपसमूहको सूचक घटेको छ ।
नेप्सेका अनुसार आज कारोवारमा आएको एउटा मात्रै कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । सकारात्मक सर्किट लाग्नेमा आदर्श लघुवित्त वित्तिय संस्था रहेको छ ।
आज सबैभन्दा धेरै कित्ता शेयर कारोवार र धेरै रकमको कारोवार रिडि पावर कम्पनी लिमिटेडको भएको छ ।