काठमाडौं । कालिन्चोक दर्शनकाे आईपीओ बाँडफाटँको मिति तोकिएको छ । बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङका अनुसार बिहीबार अर्थात् माघ १९ गते बिहान १० बजेसम्म आफ्नै कार्यालय नारायणचौर नक्साल, काठमाडौंमा बाँडफाँटको तयारी गरिएको हो ।कालिन्चोक दर्शनको आइपीओ प्रि अलोटमेन्ट माघ १६ गते सम्पन्न भएको छ ।
यसमा मागभन्दा १८५२ गुणा बढी आवेदन परेको छ । यसर्थ गोलाप्रथाबाट आइपीओ बाँडफाँट हुने भएकाे छ । यसमा १४ लाख ३२ हजार ८ सय ८१ जनाले कुल १ करोड ६६ लाख ८ हजार कित्ताको लागि आवेदन दिएका छन् । जसमा ८९ हजार ६ सय ४० जनाले मात्र सेयर हात पार्नेछन् । बाँकीको हात खाली हुनेछ ।
कम्पनीले माघ ३ गतेदेखि माघ ६ गतेसम्म सर्वसाधारणका लागि १० करोड ८० लाख रुपैयाँ बराबरको १० लाख ८० हजार कित्ता आइपीओ जारी गरेको थियो । यो मध्ये १० प्रतिशत अर्थात् १ लाख ८ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्कासन गरिसकेको छ ।
जसमध्ये ५५ अर्थात् ५४ हजार कित्ता सामुहिक लगानी कोष र २ प्रतिशत अर्थात् २१ हजार ६ सय कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको थियो ।



