images
images

एशियन हाइड्रोपावरको आईपीओ माघ २७ गतेदेखि


  • 304
    SHARES
  • २०७९ माघ १७ गते मंगलबार

    एशियन हाइड्रोपावरको आईपीओ माघ २७ गतेदेखि

    काठमाडौं । एशियन हाइड्रोको आईपीओ माघ २७ गतेदेखि निष्काशन हुने भएको छ । कम्पनीले सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो । 

    कम्पनीले सर्वसाधारणलाई ६ लाख ९७ हजार २ सय कित्ता शेयर निष्काशन गर्न लागेको छ । कम्पनीले यस अघि नै वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि ८४ हजार कित्ता ४२ हजार कित्ता सामूहिक लगानी कोषहरुमा बाँडफाँट गरीसकेकाे छ ।  त्यस्तै कम्पनीका कर्मचारीहरुको लागि १६ हजार ८ सय कित्ता शेयर छुट्याइ बाँकी रहेको ६ लाख ९७ हजार २ सय कित्ता शेयर सर्वसाधारणलाई निष्काशन गर्न लागेको हो।

    कम्पनीको आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सकिनेछ। यस्तो निष्काशन बन्द छिटोमा फागुन २ गते हुनेछ भने ढिलोमा फागुन १२ गते हुनेछ।

    कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ।


    images
    images

    Logo