images
images

३ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन


  • 605
    SHARES
  • २०७९ माघ १७ गते मंगलबार

    ३ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

    काठमाडौं । ३ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । मंगलवार रिडी पावर कम्पनी, तारागाउँ रिजेन्सी होटल र अरुण भ्याली हाइड्रपावरले प्रस्ताव गरेको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको हो । 

    यी कम्पनीले प्रस्तावित लाभांश पारितका लागि वार्षिक साधारणसभाको मिति तय गरि उक्त सभा प्रयोजनकालागि माघ १८ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । तसर्थ माघ १७ गतेसम्म कायम भएका शेयरधनीहरुले मात्र सो लाभांश लिन र उक्त साधारण सभामा सहभागि हुन पाउँनेछन् । 


    रिडी पावरको चुक्ता पुँजीको ४० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि समेत २.१० प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गर्न माघ २९ गते साधारणसभा बोलाएको छ। 

    त्यसैगरी, तारागाउँ रिजेन्सी होटलले फागुन ३ गते साधारणसभा बोलाएको छ । उक्त कम्पनीले आर्थिक वर्ष २०७८र७९ को मुनाफाबाट शेयरधनीहरुलाई चुक्ता पुँजीको ८.४२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । 

    यस्तै, अरुण भ्याली हाइड्रपावरको चुक्ता पुँजीको ८ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि समेत ०.४२१ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गर्न माघ २७ गते साधारणसभा बोलाएको छ। 

    यस अनुसार माघ १७ गतेसम्म कायम भएका शेयरधनीहरुले यी कम्पनीहरुको साधारण सभामा सहभागि हुन र कम्पनीले वितरण गर्ने बोनस शेयर र नगद लाभांश पाउनेछन् ।


    images
    images

    Logo