काठमाडौं । दुई कम्पनीको शेयर मूल्य समायोजन भएको छ । यसरी मूल्य समायोजन हुनेमा शिखर इस्योरेन्स र नेरुडे लघुवित्त रहेका छन् ।
शिखर इस्योरेन्सले १६ प्रतिशत बोनस शेयर बापत नेप्सेले सोमबार शेयर मूल्य समायोजन गरेको छ । समायोजन पछि सो कम्पनीको शेयर मुल्य ८ सय ८ दशमलव ६२ रुपैयाँ कायम भएको छ भने यस कम्पनीको अन्तिम कारोबार ९ सय ३८ रुपैयाँमा भएको थियो ।
नेरुडे लघुवित्तले २२ प्रतिशत बोनस शेयर बापत नेप्सेले सोमबार शेयर मूल्य समायोजन गरेको छ । समायोजन पछि सो कम्पनीको शेयर मुल्य ८ सय २७ दशमलव ८७ रुपैयाँ कायम भएको छ भने यस कम्पनीको अन्तिम कारोबार १ हजार १० रुपैयाँमा भएको थियो ।