images
images

तीन कम्पनीको शेयर कारोबार फुकुवा 


  • 408
    SHARES
  • २०७९ माघ १६ गते सोमबार

    तीन कम्पनीको शेयर कारोबार फुकुवा 

    काठमाडौं । नेप्सेले ३ कम्पनीको शेयर कारोबार फुकुवा गरेको छ । नेपाल स्टक एक्सचेन्ज नेप्सेले माघ १५ गतेको निर्णय अनुसार गुँरास लाइफ इस्योरेन्स, युनियन लाइफ इस्योरेन्स, प्राइम लाइफ इस्योरेन्स रहेका छन् । 

    नेप्सेले तीनै कम्पनीको आधारभूत शेयरधनी बाहेकका शेयरधनीको शेयर कारोबार फुकुवा गर्ने निर्णय गरेको हो । गुँरास लाइफ इस्योरेन्स, युनियन लाइफ इस्योरेन्स, प्राइम लाइफ इस्योरेन्स कम्पनी मर्जरमा जाने सम्झौता गरेसँगै सो इस्योरेन्स कम्पनीको शेयर कारोबार रोक्का भएको थियो । 

    यस निर्देशिका अनुसार मर्जर तथा प्राप्तिमा  जाने कम्पनीको शेयर कारोबार अधिकतम १५ दिन मात्र रोक्का हुने ब्यबस्था गरिएको छ । नेपाल धितोपत्र बोर्डले जारी गरेको धितोपत्र दर्ता गराएका संगठित संस्था एकआपसमा गाभ्ने र गाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका, २०७९ बमोजिम  बैंकको शेयर कारोबार फुकुवा भएको हो ।


    images
    images

    Logo