काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) परिसूचक ४१.०१ अंकले घटेर २१२७.५२ विन्दुमा पुगेको छ । साताको दाेस्रो दिन नेप्सेमा ८८ लाख ३६ हजार ४ सय ८८ कित्ता शेयर ३ अर्ब ३० करोड बराबर रुपैयाँमा कारोवार भएको हो । आईतबार नेप्सेमा ३ अर्ब १ करोड रुपैयाँ बराबरको शेयर कारोवार भएको थियो ।
आज कारोवारमा आएका २१३ कम्पनीमध्ये २०४ को शेयरमूल्य घटेको र ९ कम्पनीको शेयरमूल्य बढेको छ । १३ मा १३ वटै उपसमूहको सूचक घटेको छ ।
नेप्सेका अनुसार आज कारोवारमा आएका २ कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । सकारात्मक सर्किट लाग्नेमा लुम्बिनी जेनेरल इन्स्योरेन्स र आदर्श लघुवित्त वित्तिय संस्था रहेको छ ।
आज सबैभन्दा धेरै शेयर कारोवार र धेरै रकमको कारोवार सूर्यज्योति लाईफ इन्स्योरेन्स कम्पनीको रहेको छ ।



