काठमाडौं । दुई कम्पनीको बोनस शेयर नेप्सेमा सुचीकृत भएको छ । यसरी सुचीकृत हुनेमा सिभिल बैंक र किसान लघुवित्त वित्तीय संस्था रहेका छन् । सोमबार सिभिल बैंकको ५ प्रतिशत बोनस वापतको ४५ लाख ३७ हजार ९ सय २१ कित्ता बोनस शेयर नेप्सेमा सुचीकत भएको हो ।
त्यस्तै, किसान लघुवित्तको २० प्रतिशत बोनस वापतको ७ लाख ८५ हजार ६ सय १७ कित्ता बोनस शेयर नेप्सेमा सुचीकत भएको छ । दुवै कम्पनीको शेयर नेप्सेमा सुचीकृत भएसँगै दोस्रो बजारमा कारोबारको लागि योग्य भएको छ ।