images
images

हकप्रद निष्काशनको लागि एलआइसी नेपालले चयन गर्यो बिक्री प्रबन्धक


  • 329
    SHARES
  • २०७९ माघ १६ गते सोमबार

    हकप्रद निष्काशनको लागि एलआइसी नेपालले चयन गर्यो बिक्री प्रबन्धक

    काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल (एलआइसी )  लिमिटेडले हकप्रद शेयर निष्काशनको लागि विक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग नियुक्त गरेको छ । कम्पनीले कुल २ अर्ब ३४ करोड ६८ लाख रुपैयाँ बराबरको हकप्रद निष्काशन तथा विक्रीका लागि नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लिमिटेड निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरकेो हो। 

    कम्पनीले हकप्रद शेयर निष्काशनका लागि नियमक निकाय नेपाल बीमा प्राधिकरणबाट समेत स्वीकृत प्राप्त गरिसकेको छ ।कम्पनीले कायम चुक्तापुँजीको ८८.४५ प्रतिशत हकप्रद जारी गर्न बीमा प्राधिकरणले गत पुष २१ गते सैद्दान्तिक सहमति प्रदान गरेको हो ।

    कम्पनीले नियमक निकाय नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएपछि  सर्वसाधारणहरुमा हकप्रद शेयर निष्काशन गर्नेछ ।


    images
    images

    Logo