images
images

२ लघुवित्तलाई मर्जरका लागि राष्ट्र बैंकले दियो सैद्दान्तिक स्वीकृति


  • 962
    SHARES
  • २०७९ माघ १६ गते सोमबार

    २ लघुवित्तलाई मर्जरका लागि राष्ट्र बैंकले दियो सैद्दान्तिक स्वीकृति

    काठमाडौं । नेपाल राष्ट्र बैंकले २ लघुवित्तलाई मर्जरमा जानका लागि सैद्दान्तिक स्वीकृति दिएको छ ।  राष्ट्र बैंकले सोमवार किसान विकास लघुवित्त र आरएमडिसी लघुवित्तलाई मर्जरमा जानका लागि सैद्दान्तिक स्वीकृति दिएको हो । 

    यी दुकै कम्पनी बिच १०० बराबर ८७ को स्वापमा मर्जरमा जाने सहमति गरेका छन् । अर्थात् आरएमडिसी लघुवित्तको हाल १०० कित्ता शेयर हुनेले मर्जरपछि बन्ने संस्थाको ८७ कित्ता शेयर पाउनेछन्।

    मर्जर पश्चात बन्ने नयाँ सस्थाको नाम साना किसान आरएमडीसी लघुवित्त हुने सहमति भएको छ । हाल साना किसान लघुवित्त वित्तीय सस्थाको चुक्ता पुँजी १ अर्ब ५६ करोड छ भने आरएमडिसीको चुक्ता पुँजी १ अर्ब २४ करोड रुपैयाँ रहेको छ । 

    दुवै लघुवित्तलाई पत्र लेख्दै राष्ट्र बैंकले मर्जरका क्रममा १० शर्तहरु पालना गर्न निर्देशन पनि  दिएको छ । 

    1.jpg

    2.jpg


    images
    images

    Logo