काठमाडौं । अपी पावर कम्पनीलाई हकप्रद शेयर निष्कासन गर्नका लागि विद्युत नियमन आयोगले पूर्वस्वीकृति दिएको छ ।कम्पनीको माघ २ गते बसेको संचालक समितिको बैठकले ४० प्रतिशत हकप्रद निष्काशन गर्ने प्रस्ताव गरेको थियो ।
विद्युत नियमन आयोगको विहीबार बैठकले कम्पनीलाई हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव साधारणसभामा लैजान स्वीकृति दिएको हो।
यससँगै अब कम्पनीको साधारणसभाले पारित गरेपछि र नेपाल धितोपत्र बोर्डले स्वीकृति दिएपछि कम्पनीले हकप्रद शेयर निष्कासन गर्नेछ ।