images
images

करिब १५ अंकले नेप्से घट्दा ३ अर्ब माथिको कारोवार


  • 349
    SHARES
  • २०७९ माघ १५ गते आइतबार

    करिब १५ अंकले नेप्से घट्दा ३ अर्ब माथिको कारोवार

    काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) परिसूचक १४.६८ अंकले घटेर २१६८.५३ विन्दुमा पुगेको छ । साताको पहिलो दिन नेप्सेमा८२ लाख ७६ हजार ७ सय ५१ कित्ता शेयर ३ अर्ब १ करोड रुपैयाँ बराबरमा कारोवार भएको हो । अघिल्लो साताको बिहिबार २ अर्ब ८६ करोड रुपैयाँ बराबरको कारोवार भएको थियो । 

    आज कारोवारमा आएका २१३ कम्पनीमध्ये ४८ को शेयरमूल्य बढेको, १६१ को घटेको र ४ को स्थिर रहेको छ । १३ मध्ये २ उपसमूहको सूचक बढेको छ भने ११ उपसमूहको सूचक घटेको छ । 

    नेप्सेका अनुसार आज कारोवारमा आएका २ कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । सकारात्मक सर्किट लाग्नेमा लुम्बिनी जेनेरल इन्स्योरेन्स र बाराही हाइड्रोपावर रहेका छन् । 

    आज सबैभन्दा धेरै शेयर कारोवार हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेण्ट को रहेको छ भने धेरै रकमको कारोवार आईएम्ई जेनेरल इन्स्योरेन्सको भएको छ । 


    images
    images

    Logo