काठमाडौं । आज २ वटा कम्पनीको साधारणसभा हुँदैछ । आइतवार सिटिजन लाइफ इन्स्योरेन्स र नेको इन्स्योरेन्सले साधारण सभा गर्न लागेका हुन् ।
सभा घोषणा गरेका कम्पनीमा सिटिजन लाइफ इन्स्योरेन्सले अलफ्ट होटल, ठमेल, काठमाडौंमा साँझ ५ बजे बस्ने गरि साधारणसभा बोलाएको छ । सो कम्पनीले प्रिमियम मूल्यमा आईपीओ जारी गर्ने, लेखा परीक्षकको नियुक्ति गर्ने, निर्देशकहरूको नियुक्ति गर्ने लगायतका एजेण्डा राखेको छ ।
त्यस्तै, नेको इन्स्योरेन्सले लिसारा रिसेप्सन, नक्साल, काठमाडौंमा बिहान ११ बजे बस्ने गरि साधारणसभा बोलाएको छ । कम्पनीको एजेण्डामा कम्पनीले प्रस्ताव गरेको १५ प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि ०.७९ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गर्ने, लेखा परीक्षकको नियुक्ति गर्ने, लगायतका रहेका छन् ।