काठमाडौं । मकर जितुमाय सुरी हाईड्रोपावरको आईपीओ आजदेखि निष्काशन हुँदैछ । कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारमा गएका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो ।
कम्पनीले आयोजना प्रभावित स्थानीयको लागि ७ लाख ६० हजार कित्ता शेयर निष्काशन गर्न लागेको हो । जस मध्ये आयोजनाको अति प्रभावित क्षेत्र दोलखाको गैरिशंकर गाउँपालिकाको वडा नम्बर ५ र ६ का स्थानीयलाई ३ लाख ४ हजार कित्ता शेयर छुट्याईएको छ ।
त्यस्तै प्रभावित क्षेत्र गौरीशंकर गाउपालिकाको वडा नम्बर १,२,३,४,७,८ र ९ का स्थानीयलाई ३ लाख ४२ हजार कित्ता शेयर छुट्याईएको छ । र सामान्य प्रभावित क्षेत्र दोलखा जिल्लाको बिगु गाउँपालिकाको सम्पूर्ण वडाका स्थानीयलाई १ लाख १४ हजार कित्ता शेयर छुट्याईएको छ ।
त्यस्तै १ लाख ५२ हजार कित्ता शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा बसी रोजगारी गरिरहेका नेपालीहरुको लागि निष्काशन गर्ने कम्पनीले जनाएको छ ।
उक्त आईपीओमा स्थानीय लगानीकर्ताले छिटोमा माघ २९ गतेसम्म र ढिलोमा फगुन १५ गतेसम्म आवेदन दिनसक्नेछन् भने वैदेशिक रोजगारमा रहेका लगानीकर्ताले भने माघ २९ गतेभित्र आवेदन दिइसक्नुपर्ने छ ।
सो आईपीओमा न्युनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ । वैदेशिक रोजगारमा रहेका लगानीकर्ताले भने १० कित्तादेखि ५० हजार कित्तासम्मका लागि आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।



