images
images

सुपरमाई हाइड्रोपावरको आईपीओ माघ २३ गतेदेखि


  • 438
    SHARES
  • २०७९ माघ १३ गते शुक्रबार

    सुपरमाई हाइड्रोपावरको आईपीओ माघ २३ गतेदेखि

    काठमाडौं । सुपरमाई हाइड्रोपावरको आईपीओ माघ २३ गतेदेखि निष्काशन हुँदैछ । कम्पनीले सर्वसाधारणको लागि आईपीओ निष्काशन गर्न लागेको हो । 

    कम्पनीले कुल ५ करोड रुपैयाँ बराबरको ५ लाख कित्तामध्ये ५० हजार कित्ता वैदेशिक रोजगारीमा रहेको नेपालीहरुलाई, २५ हजार कित्ता सामूहिक लगानी कोषहरुलाई बाँडफाँट गरी गरिसकेकोे छ । त्यस्तै,  १० हजार कित्ता शेयर कम्पनीमा कर्मचारीहरुका लागि सुरक्षित गरी बाँकी रहने ४ लाख १५ हजार कित्ता आईपीओ सर्वसाधारणका लागि निष्काशन गर्न लागेको कम्पनीले जनाएको छ।

    उक्त आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ। कम्पनीको आईपीओमा छिटोमा माघ २६ गतेसम्म र ढिलोमा फागुन ८ गतेसम्म आवेदन दिन सकिनेछ । 

    कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल रहेको छ।


    images
    images

    Logo