images
images

माया खोला हाइड्रोपावरको आईपीओ आजदेखि


  • 535
    SHARES
  • २०७९ माघ १३ गते शुक्रबार

    माया खोला हाइड्रोपावरको आईपीओ आजदेखि

    काठमाडौं । माया खोला हाइड्रोपावरको आईपीओ आजदेखि खुल्दैछ । कम्पनीले सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो।

    कम्पनीले कुल  ३४ करोड रुपैयाँ बरारबको ३४ लाख कित्ता शेयर आईपीओ निष्काशनका लागि छुट्याएको थियो। जसमध्ये १० लाख कित्ता शेयर आयोजन प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि २ लाख ४० हजार कित्ता कम्पनीले यस अघि निष्काशन गरिसकेको छ। 

    त्यसैगरी, कम्पनीले १ लाख २० हजार कित्ता सामूहिक लगानी कोषहरुलाई बाँडफाँट गरिसकेको छ भने ४८ हजार कित्ता शेयर कर्मचारीहरुका लागि छुट्याएर बाँकी रहेको १९ लाख ९२ हजार कित्ता शेयरमा सर्वसाधारणले आवेदन दिन सक्नेछन्।

    उक्त आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतममा १ लाख कित्तासम्मका लागि आवेदन दिन सकिनेछ । सो आईपीओमा छिटोमा माघ १७ गतेसम्म रढिलोमा माघ २७ गतेसम्मका लागि आवेदन दिन सकिने कम्पनीले जनाएको छ । 

    कम्पनीले शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । 


    images
    images

    Logo