images
images

नेप्सेसँगै कारोवार रकम पनि घट्यो, ३ कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट


  • 316
    SHARES
  • २०७९ माघ १२ गते बिहीबार

    नेप्सेसँगै कारोवार रकम पनि घट्यो, ३ कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट

    काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) परिसूचक ०.४१ अंकले घटेर २१८३.२१ विन्दुमा पुगेको छ । साताको अन्तिम दिन नेप्सेमा ७७ लाख ६४ हजार १ सय ५३ कित्ता शेयर २ अर्ब ८६ करोड रुपैयाँ बराबरमा कारोवार भएको हो । बुधबार ३ अर्ब ४६ करोड रुपैयाँ बराबरको शेयर कारोवार भएको थियो । 

    आज कारोवारमा आएका २१३ कम्पनीमध्ये १०१ को शेयरमूल्य बढेको, १०७ को घटेको र ५ वटाको स्थिर रहेको छ । १३ उपसमूहमध्ये ६ उपसमूहको सूचक बढेको छ भने ७ उपसमूहको सूचक घटेको छ । 

    नेप्सेका अनुसार आज कारोवारमा आएका ३ कम्पनीको शेयरमूल्यका सकारात्मक सर्किट लागेको छ ।  सकारात्मक सर्किट लाग्नेमा लुम्बिनी जेनेरल इन्स्योरेन्स, आदर्श लघुवित्त वित्तिय संस्था र बाराही हाइड्रोपावर रहेका छन् । 

    आज सबैभन्दा धेरै शेयर कारोवार आँखु खोला जलविद्युत कम्पनीको भएको छ भने धेरै रकमको कारोवार समृद्धि फाइनान्सको रहेको छ । 


    images
    images

    Logo