काठमाडौं । नेप्सेले ३ कम्पनीको शेयर कारोबार फुकुवा गरेको छ । नेपाल स्टक एक्सचेन्ज नेप्सेले माघ ११ गतेको निर्णय अनुसार प्रभु इस्योरेन्स, सगरमाथा इस्योरेन्स र लुम्विनी जनरल इस्योरेन्स रहेका छन् ।
नेप्सेले प्रभु इस्योरेन्सको आधारभूत शेयरधनी बाहेकका शेयरधनीको शेयर कारोबार फुकुवा गर्ने निर्णय गरेको हो । प्रभु इस्योरेन्स र अजोड इस्योरेन्स मर्जरमा जाने सम्झौता गरेसँगै सो इस्योरेन्स कम्पनीको शेयर कारोबार रोक्का भएको थियो ।
त्यस्तै, नेप्सेले सगरमाथा इस्योरेन्स र लुम्विनी जनरल इस्योरेन्सको आधारभूत शेयरधनी बाहेकका शेयरधनीको शेयर कारोबार फुकुवा गर्ने निर्णय गरेको हो । सगरमाथा इस्योरेन्स र लुम्विनी जनरल इस्योरेन्स मर्जरमा जाने सम्झौता गरेसँगै सो इस्योरेन्स कम्पनीको शेयर कारोबार रोक्का भएको थियो ।
यस निर्देशिका अनुसार मर्जर तथा प्राप्तिमा जाने कम्पनीको शेयर कारोबार अधिकतम १५ दिन मात्र रोक्का हुने ब्यबस्था गरिएको छ । नेपाल धितोपत्र बोर्डले जारी गरेको धितोपत्र दर्ता गराएका संगठित संस्था एकआपसमा गाभ्ने र गाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका, २०७९ बमोजिम बैंकको शेयर कारोबार फुकुवा भएको हो ।



