images
images

नेप्सेसँगै बढ्यो कारोवार रकम, दुई कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट 


  • 319
    SHARES
  • २०७९ माघ ११ गते बुधबार

    नेप्सेसँगै बढ्यो कारोवार रकम, दुई कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट 

    नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) परिसूचक १०.३७ अंकले वृद्धि भई २१८३.६२ बिन्दुमा पुगेको छ । बुधवार नेप्सेमा ९५ लाख ३२ हजार ८ सय ६७ कित्ता शेयर ३ अर्ब ४६ करोड रुपैयाँमा कारोवार भएको हो । आज नेप‍्सेसँगै काराेबार रकम पनि बढेकाे छ । म‌गलबार ३ अर्ब ३ कराेड रुपैयाँ बराबरकाे शेयर काराेबार भएकाे थियाे । 

    आज कारोवारमा आएका २११ कम्पनीमध्ये १५९ को शेयरमूल्य बढेको, ४६ को घटेको र ६ को स्थिर रहेको छ । १३ मध्ये १० उपसमूहको सूचक बढेको छ भने ३ वटाको सूचक घटेको छ । 

    नेप्सेका अनुसार आज कारोवारमा आएका मध्ये दुई कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । सकारात्मक सर्किट लाग्नेमा ग्रीनलाईफ हाईड्रोपावर लिमिटेड र आदर्श लघुवित्त वित्तिय संस्था लिमिटेड रहेका छन् । 

    आज सबैभन्दा धेरै कित्ता शेयर कारोवार लक्ष्मी इक्विटी फण्डको र धेरै रकमको कारोवार नेशनल हाइड्रोपावर कम्पनी लिमिटेडको रहेको छ । 


    images
    images

    Logo