images
images

नेशनल माइक्रोफाइनान्स लघुवित्तको शेयर कारोबार फुकुवा 


  • 261
    SHARES
  • २०७९ माघ १० गते मंगलबार

    नेशनल माइक्रोफाइनान्स लघुवित्तको शेयर कारोबार फुकुवा 

    काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्तको शेयर कारोबार फुकुवा भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले माघ १० गते गरेको निर्णय अनुसार सो कम्पनीको शेयर कारोबार फुकुवा गरेको हो । 

     नेशनल माइक्रोफाइनान्स लघुवित्तले गत आर्थिक वर्ष २०७८।७९ को लाभांश सम्बन्धी पत्र नेप्सेमा कारोबार समयमा पठाएको हुँदा नेप्सेले धितोपत्र सूचीकरण विनियमावली बमोजिम कम्पनीको शेयर रोक्का राखेको थियो ।

    नेप्सेले सो कम्पनीलाई तीन दिनभित्र स्पष्टिकरण पेश गर्न भनेकोमा कम्पनीले समयभित्र स्पष्टिकरण पेश गरेकोमा नेप्सेले आगामी दिनमा यस्तो गल्ती नदोहोर्यान सचेत गराउँदै कम्पनीको शेयर कारोबार फुकुवा गरिदिएको हो ।


    images
    images

    Logo