काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा थप साढे ४ करोड कित्ता शेयर सुचीकृत भएको छ । मंगलबार साविकको सुर्य लाइफ इस्योरेन्स र ज्योति लाइफ इस्योरेन्स बीच मर्जरपछि सूर्यज्योति लाइफ इस्योरेन्सको ४ करोड ५४ लाख ५५ हजार ७ सय २१ कित्ताशेयर नेप्सेमा सुचीकृत भएको हो ।
शेयर सुचीकृत भएसँगै सूर्यज्योति लाइफ इस्योरेन्सको नामबाट शेयर कारोबार सुरु हुनेछ । दुई कम्पनीबीच १ः०.८२४५ अनुपातमा मर्ज भएका थिए । सूचीकरण सँगै नेप्सेले ओपनिङ प्राइस ३७१.५९ रुपैयाँ तोकेको छ । संयुक्त रुपमा दुई कम्पनीको शेयर सूचीकरण सँगै साविकका दुबै कम्पनीको शेयर कारोबार फुकुवा गरिएको छ ।