काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ८.१४ अंकले बढेर २ हजार १ सय ७३ दशमलव २४ विन्दुमा पुगेको छ । साताको तेस्रो दिन मंगलबार २ सय ४८ स्क्रिपको ३ अर्ब ३ करोड रुपैयाँ बराबरको ८ लाख ३० हजार कित्ता शेयर किनबेच भएको छ ।
मंगलबार १ सय ९ कम्पनीको शेयर मूल्य बढेको छ । ८९ कम्पनीको शेयर मुल्य घटेको छ भने १० कम्पनीको शेयर मूल्य स्थिर छ । १३ मध्ये ४ उपसमूह घटेका छन् भने बाँकी रहेका ९ उपसमुह बढेका छन् ।
आज सबैभन्दा धेरै नेपाल टेलिकमको शेयर कारोबार भएको छ । कम्पनीको १२ करोड ९१ करोड रुपैयाँको शेयर कारोबार भएको छ । शिभश्री हाइड्रोपावर कम्पनीको १० करोड ४१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । अपि पावर कम्पनीको ९ करोड ३० लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज एक कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सकारात्मक सर्किट लाग्नेमा सानिमा जिआईसी इस्योरेन्स रहेको छ । सुर्योदय वोमी लघुवित्तको ९.७७ प्रतिशतले बढेको छ भने शिव श्री हाइड्रोपावरको ९.२ प्रतिशतले बढेको छ ।



