images
images

१३ अंकले नेप्से घट्दा ३ अर्ब ८६ करोडको कारोवार


  • 232
    SHARES
  • २०७९ माघ ९ गते सोमबार

    १३ अंकले नेप्से घट्दा ३ अर्ब ८६ करोडको कारोवार

    काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) परिसूचक १३.७१ अंकले घटेर २१६५.१० विन्दुमा पुगेको छ । साताको पहिलो दिन नेप्सेमा १ करोड ७ लाख ५९ हजार ५ सय ७९ कित्ता शेयर ३ अर्ब ८६ करोड रुपैयाँमा कारोवार भएको हो । 

    आज कारोवारमा आएका २ सय १० कम्पनीमध्ये ४१ को शेयरमूल्य बढेको, १ सय ६६ को घटेको र ३ को स्थिर रहेको छ । १३ मध्ये बैंकिङ उपसमूह र म्युचुअल फण्ड बाहेक अन्य उपसमूहको सूचक घटेको छ । 

    नेप्सेका अनुसार आज कारोवारमा आएका मध्ये आदर्श लघुवित्त वित्तिय संस्था लिमिटेडको शेयरमूल्यमा मात्र सकारात्मक सर्किट लागेको छ । 

    आज सबैभन्दा धेरै कित्ता शेयर र धेरै रकमको कारोवार कुमारी बैंक लिमिटेडको भएको छ ।


    images
    images

    Logo