काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले नेशनल माइक्रोफाइनान्स लघुवित्तको शेयर कारोबार रोक्का गरेको छ । नेप्सेले सोमबार सो लघुवित्तको शेयर कारोबार रोक्का गरेको हो ।
कम्पनीले लाभांश घोषणाबारेको जानकारी नेप्सेमा गराए लगत्तै नेप्सेले कम्पनीको कारोबार रोक्का राखेको छ । कम्पनीले सोमबार ९ः३० बजे स्नाचालक समितिको बैठक राखेर कारोबार समयमा लाभांश बारेको जानकारी नेप्सेमा पठाएपछि नेप्सेले कारोबार रोकेको हो । साथै कम्पनीलाई यसको जवाफ ३ दिन भित्र पठाउन निर्देशन समेत दिइएको छ ।
लाभांश बारेको सूचना कारोबार सुचारु हुन् अगावै जानकारी गराउनु पर्ने ब्यबस्था रहेको छ ।