काठमाडौं । आइएमई जनरल इन्स्योरेन्सको साधारणसभा आज हुँदैछ । कम्पनीले सो सभा होटल लि हिमालय, लाजिम्पाट, काठमाडौंमा बिहान ११ बजे बस्नेगरि सो सभा बोलाएको हो ।
सो सभाले कम्पनीले प्रस्ताव गरेको ६ प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि ०.३२ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गर्नेछ, लेखा परीक्षकको नियुक्ति गर्ने, वित्तीय हाइलाइटहरू प्रस्तुत गर्ने लगायतका एजेण्डा पारित गर्नेछ ।