काठमाडौं । सुपर मादी हाइड्रा्पावरको आईपीओ आजदेखि खुल्दैछ। कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो।
कम्पनीले कुल २१ करोड रुपैयाँ बराबरको २१ लाख कित्ता शेयर मध्ये २ लाख १० हजार कित्ता वैदेशिक रोजगारीमा रहेको नेपालीहरुका लागि र १ लाख ५ हजार कित्ता शेयर सामूहिक लगानी कोषहरुको बाँडफाँट गरि ४२ हजार कित्ता कम्पनीका कर्मचारीहरुका लागि छुट्याइएर बाँकी रहेको १७ लाख ४३ हजार कित्ता सर्वसाधारणका लागि छुट्याएको कम्पनीले जनाएको छ ।
सो आईपीओमा लगानीकर्ताले छिटोमा माघ १२ गतेसम्म र ढिलोमा माघ २३ गतेसम्म आवेदन दिन सक्नेछन् । सो शेयरमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतममा ५० हजार कित्तासम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।



