images
images

सातामा २९.४२ अंकले बढ्यो नेप्से, आगामी साता के होला ? 


  • 356
    SHARES
  • २०७९ माघ ७ गते शनिबार

    सातामा २९.४२ अंकले बढ्यो नेप्से, आगामी साता के होला ? 

    काठमाडौं ।  यो साता सेयर बजारको परिसूचक नेप्से २९.४२ अंकले बढेर २ हजार १ सय ७८ दशमलव ८१ विन्दुमा पुगेको छ । साता ५ कारोबार दिनमध्ये ३ कारोबार दिन मात्र बजार खुलेको थियो। जसमध्ये २ कारोबार दिन नेप्से बढेर बन्द भएको थियो भने एक दिन घटेर बन्द भएको थियो। 

    यस साता नेप्सेसँगै कुल बजार पूँजीकरण पनि बढेको छ। गत साता ३१ खर्ब ३ अर्ब रुपैयाँ रहेको नेप्सेको कुल बजार पूँजीकरण, यस साता ४२ अर्ब रुपैयाँ बढेर ३१ खर्ब ४५ अर्ब रुपैयाँ पुगेको छ। 

    साताको पहिलो दिन आइतबार र सोमबार शेयर बजार बन्द थियो । आइतबार माघी पर्व परेकोले बजार बन्द थियो भने सोमबार माघ १ गते भएको पोखरा विमान दुर्घटना ७२ जनाको मृत्यू भएको कारणले सरकारले शोक विदा दिएको थियो ।

    त्यस्तै, साताको तेस्रो दिन मंगलबार ३२.७२ अंकले बढेर २ हजार १ सय ८२ दशमलव ११ विन्दुमा पुगेको थियो । सो दिन ३ अर्ब ७२ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो । 

    साताको चौथो दिन बुधबार शेयर बजार सामान्य अंकले घटेको थियो । बुधबार ९.१ अंकले घटेर २ हजार १ सय ७३ दशमलव १० विन्दुमा पुगेको थियो । साताको अन्तिम दिन विहीबार ५.७१ अंकले बढेर २ हजार १ सय ७८ दशमलव ८१ विन्दुमा पुगेको थियो । सो दिन ३ अर्ब ४ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो ।

    १३ उपसमूहमध्ये यस साता १० उपसमूहको परिसूचक बढेको छ भने ३ उपसमूहको परिसूचक घटेको छ। यस साता जलविद्युत उपसमूहको परिसूचक सर्वाधिक ७.०३ प्रतिशत बढेको छ। यस साता लगानी, होटल तथा पर्यटन र विकास बैंक उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी बढेको छ भने म्युचुअल फण्ड र वित्त उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ। 

    त्यसतै, बैंकिङ्ग, उत्पादन तथा प्रशोधन र व्यापार उपसमूहको परिसूचक घटेको छ। जसमध्ये व्यापार उपसमूहको परिसूचक सर्वाधिक ४.३७ प्रतिशत  घटेको छ।  

    यस साता नेप्सेमा ३ कम्पनीको ८४ लाख ४७ हजार ८ सय ६०कित्ता शेयर सूचीकृत भएको छ। यस साता गुराँस लाइफ इन्स्योरेन्स, मेगा बैंक नेपाल र रु रु जलविद्युत परियोजनाको बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो।


    images
    images

    Logo