काठमाडौं । आत्मनिर्भर लघुवित्तको आईपीओ माघ १६ गतेदेखि निष्काशन हुने भएको छ । कम्पनीले वैदेशिक रोजगारमा रहेका नेपाली तथा सर्वसाधारयाका लागि सो आईपीओ निष्काशन गर्न लागेको हो ।
कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई माघ १६ गतेदेखि फागुन १ गतेसम्म आवेदन खुल्ला गर्नेछ भने कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई निष्काशन गरिसके पछि फागुन ११ गतेदेखि १५ गतेसम्म सर्वसाधारणका लागि निष्काशन गर्ने भएको छ । यदि पहिलो चरणमा प्रयाप्त आवेदन नपरेमा फागुन १५ गतेसम्म निष्काशन गर्न सक्नेछ ।
कम्पनीले २ करोड तीन लाख ३८ हजार कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गर्ने लागेको हो । सो शेयरमध्ये २० हजार ३ सय ३८ कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि ३ हजार १ सय १७ कित्ता शेयर कर्मचारीहरुका लागि र १० हजार १ सय ७० कित्ता सामुहिक लगानी कोषहरुका लागि सुरक्षित गरे बाँकी रहेको १ करोड ६९ लाख ५५ हजार कित्ता शेयर सर्वसाधारणका लागि बिक्री गर्ने कम्पनीले जनाएको छ।
उक्त आईपीओमा लगानीकर्ताले न्युनतम १० कित्ता र अधिकतम १ हजार कित्तासम्मको लागि आवेदन दिन सक्नेछन् । कम्पनीले धितोपत्र निष्काशन तथा बिक्री प्रवन्धकमा सन राइज क्यापिटललाई निण्ुक्त गरेको छ ।



