काठमाडौं । कालिञ्चोक दर्शन आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ। कम्पनीले सर्वसाधारणका लागि १० लाख ८० हजार कित्ता शेयर जारी गरेको थियो ।
कुल निष्काशित शेयरमध्ये कम्पनीले यस अघि १ लाख ८ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि र ५४ हजार कित्ता सामूहिक लगानी कोषहरुका लागि निष्काशित गरिसकेको छ । त्यसैगरि २१ हजार ६ सय कित्ता कर्मचारीकालागि छुट्याएर बाँकी रहेको ८ लाख ९६ हजार ४ सय कित्तामा सर्वसाधारणले आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।
सो आईपीओमा लगानीकर्ताले न्युनतम १० कित्तादेखि अधिकतम ४ हजार ९ सय ९० कित्तासम्म आवेदन दिन सक्नेछन् । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ।