images
images

थप दुई कम्पनीको शेयर नेप्सेमा सुचीकृत 


  • 632
    SHARES
  • २०७९ माघ ५ गते बिहीबार

    थप दुई कम्पनीको शेयर नेप्सेमा सुचीकृत 

    काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा थप २ कम्पनीको शेयर नेप्सेमा सुचीकृत भएको छ । विहीबार साविकको कुमारी बैंक र नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकबीच मर्जर पछि एनसीसी बै‌ंककाे २६ करोड २२ लाख ५८ हजार ६ सय १३ कित्ता शेयर नेप्सेमा सुचीकृत भएको हो । 

    शेयर सुचिकृत भएसंगै अब कुमारी बैंकको नामबाट शेयर कारोबार हुनेछ । साविकको कुमारी बैंक र नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी)  मर्ज १ः१ को अनुपातमा मर्ज भएका थिए ।  

    यस्तै, साविकको सानिमा जनरल इन्स्योरेन्स कम्पनी र जनरल इन्स्योरेन्स कम्पनीबीच मर्जर पछि सानिमा जनरल इन्स्योरेन्स कम्पनीको २ करोड कित्ता शेयर नेप्सेमा सुचीकृत भएको हो । शेयर सुचिकृत भएसंगै अब सानिमा जिआईसी इस्योरेन्सको नामबाट शेयर कारोबार हुनेछ ।  

    सानिमा इन्स्योरेन्स कम्पनी र जनरल इन्स्योरेन्स कम्पनीबीच १ः१ को अनुपातमा मर्ज भएको थिए। 


    images
    images

    Logo