images
images

५ अंकले बढ्यो नेप्से, ८५ कम्पनीको शेयर मूल्य बढ्दा ३ अर्ब माथिको कारोवार 


  • 298
    SHARES
  • २०७९ माघ ५ गते बिहीबार

    ५ अंकले बढ्यो नेप्से, ८५ कम्पनीको शेयर मूल्य बढ्दा ३ अर्ब माथिको कारोवार 

    काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) ५.७१ अंकले बढेर २ हजार १ सय ७८ दशमलव ८१ विन्दुमा पुगेको छ । साताको अन्तिम दिन नेप्सेमा ८२ लाख ४७ हजार ६ सय ४६ कित्ता शेयर ३ अर्ब ४ करोड ४५ लाख रुपैयाँ बराबरमा कारोवार भएको हो । 

    आज कारोवारमा आएका २०७ कम्पनीमध्ये ८५ को शेयरमूल्य बढेको, १०८ को घटेको र १४ को स्थिर रहेको छ । १३ मध्ये ६ उपसमूहको सूचक बढेको छ भने ७ उपसमूहको सूचक घटेको छ । 

    नेप्सेका अनुसार आज कारोवारमा आएका मध्ये आदर्श लघुवित्त वित्तिय संस्था लिमिटेडको मात्र शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । 

    आज सबैभन्दा धेरै शेयर कारोवार नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको भएको छ भने धेरै रकमको कारोवार एन्.आई.सी एसीया बैंक लिमिटेडको रहेको छ । 


    images
    images

    Logo