images
images

सगरमाथा जलविद्यूत कम्पनीको आईपीओ आजदेखि


  • 475
    SHARES
  • २०७९ माघ ५ गते बिहीबार

    सगरमाथा जलविद्यूत कम्पनीको आईपीओ आजदेखि

    काठमाडौं । सगरमाथा जलविद्युत कम्पनीको आईपीओ आजदेखि निष्काशन हुँदैछ। कम्पनीले कुल ११ करोड २० लाख रुपैयाँ बराबरको ११ लाख २० हजार कित्ता आईपीओ जारी गर्न लागेको हो । 

    कम्पनीले आयोजना प्रभावित क्षेत्र ईलाम जिल्लाका स्थानिय बासिन्दाहरुका लागि ११ लाख २० हजार कित्ता निष्काशन गर्न लागेको छ भने वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि ४ लाख ३६ हजार ८०० कित्ता आईपीओ निष्काशन गर्न भएको छ । 

    उक्त आईपीओमा स्थानिय बासिन्दाले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्  । त्यस्तै, वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले न्यूनतम १० कित्तादेखि अधिकतममा ५० हजार कित्ताका लागि आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । 

    स्थानिय बासिन्दाहरुका लागि निष्काशन बन्द छिटोमा माघ १९ गते हुनेछ भने ढिलोमा फागुन ५ गते हुनेछ। वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले भने माघ १९ गतेभित्र आवेदन दिनु पर्नेछ।

    उक्त कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ।

     


    images
    images

    Logo