images
images

मेगा बैंकसहित ३ कम्पनीको बोनस शेयर नेप्सेमा सुचीकृत 


  • 490
    SHARES
  • २०७९ माघ ४ गते बुधबार

    मेगा बैंकसहित ३ कम्पनीको बोनस शेयर नेप्सेमा सुचीकृत 

    काठमाडौं । मेगा बैंकसहित ३ कम्पनीको बोनस शेयर नेप्सेमा सुचीकृत भएको छ । यसरी सुचीकृत हुनेमा मेगा बैंक, गुँरास लाइफ इस्योरेन्स र रुरु जलविद्युत परियोजना रहेका छन् । 

    शुक्रबार मेगा बैंकको ४ प्रतिशत बोनस वापतको ६४ लाख ४८ हजार १ सय ८४ कित्ता बोनस शेयर नेप्सेमा सुचीकत भएको छ भने गुँरास लाइफ इस्योरेन्स ७.४४२५ प्रतिशत बोनस बापतको १५ लाख ५१ हजार २ सय कित्ता बोनस शेयर नेप्सेमा सुचीकत भएको छ । 

    त्यस्तै, रुरु जलविद्युत परियोजनाको १० प्रतिशत बोनस बापतको ४ लाख ४८ हजार ४ सय ७६ कित्ता बोनस शेयर नेप्सेमा सुचीकत भएको छ । यी ३ कम्पनीको शेयर नेप्सेमा सुचीकृत भएसँगै दोस्रो बजारमा कारोबारको लागि योग्य भएको छ ।

     

     


    images
    images

    Logo