images
images

माया खोला हाइड्रोपावरको आईपीओ माघ १३ गतेदेखि 


  • 261
    SHARES
  • २०७९ माघ ४ गते बुधबार

    माया खोला हाइड्रोपावरको आईपीओ माघ १३ गतेदेखि 

    काठमाडौं । माया खोला हाइड्रोपावरको आईपीओ माघ १३ गतेदेखि खुल्दैछ । कम्पनीले सर्बसाधारणलाई १९ लाख ९२ हजार कित्ता सर्बसाधारणलाई निष्काशन गर्न लागेको हो ।

    कम्पनीले १० लाख कित्ता आयोजना प्रभावितलाई निष्काशन गरि बाँडफाँड गरिसकेको छ । त्यस्तै श्रम स्वीकृति लिई विदेशीमा कार्यरत नेपाली श्रमिकलाई २ लाख ४०  हजार कित्ता निष्काशन गरि बाँडफाँड गरिसकेको छ । कम्पनीले १ लाख २० हजार कित्ता सामुहिक लगानी कोषलाई बाँडफाँड गरेको छ भने  कम्पनीका कर्मचारीलाई ४८ हजार कित्ता शेयर छुट्याएको छ। कम्पनीले बाँकी रहेको १९ लाख ९२ हजार कित्ता शेयर सर्बसाधारणलाई निष्काशन गर्न लागेको हो  ।

    कम्पनीको आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १ लाख कित्ता शेयरका लागि आवेदन दिन सकिनेछ। सो आईपीओ निष्काशन बन्द छिटोमा  माघ १७ गते हुनेछ भने ढिलोमा फागुन माघ २७ गते हुनेछ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ। 


    images
    images

    Logo