images
images

सानिमा मिडिल तमोरको आईपीओ आजदेखि


  • 304
    SHARES
  • २०७९ माघ ४ गते बुधबार

    सानिमा मिडिल तमोरको आईपीओ आजदेखि

    काठमाडौं । सानिमा मिडिल तमोर हाइड्रोपावरको आईपीओ आजदेखि खुला हुँदैछ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आइपिओ निष्काशन गर्न लागेको हो ।

    कम्पनीले जारी पूँजी ३ अर्ब ३३ करोड २५ लाख रुपैयाँको १० प्रतिशत अर्थात् ३३ करोड ३२ लाख ५० हजार रुपैयाँ बराबरको ३३ लाख ३२ हजार ५ सय कित्ता आईपीओ आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि निष्काशन गर्न लागेको छ ।

    त्यसमध्ये आयोजना अति प्रभावित क्षेत्र फुङलिङ नगरपालिका वडा नं १, २, ९ र १०, फक्ताङलुङ गाउँपालिका–१ तथा भिक्वाखोला गाउँपालिका १ र २, मेरिङदेन गाउँपालिका २ र ३, आठराई त्रिवेणी गाउँपालिका–५ तथा मैवाखोला गाउँपालिका–१ मा बसोबास गर्ने बासिन्दाका लागि १३ लाख ३३ हजार कित्ता र आयोजना प्रभावित क्षेत्र ताप्लेजुङ्गका बासिन्दाका लागि १९ लाख ९९ हजार ५ सय कित्ता शेयर निष्काशन गर्न लागेको कम्पनीले जनाएको छ।

    त्यस्तै सर्वसाधारणका लागि  निष्काशन हुने ४९ करोड ९८ लाख ७५ हजार बराबरको ४९ लाख ९८ हजार कित्ता आईपीओको १० प्रतिशत अर्थात् ४ लाख ९९ हजार कित्ता आईपीओ वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्काशन गरिने भएको हो ।

    उक्त आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सकिनेछ । यस्तो निष्काशन बन्द छिटोमा  १८ गते हुनेछ भने ढिलोमा आगामी फागुन ४ गते हुनेछ । 

    कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ । 


    images
    images

    Logo