काठमाडौं । नेपाल धितोपत्र बोर्डले ३ ब्रोकर कम्पनीलाई नगद जरिवाना तिराएको छ । बोर्डले तोकिएको समयमा विवरण पेश नगरेको भन्दै सनी सेक्यूरिटिज, त्रिशुल सेक्युरिटिज एण्ड इन्भेष्टमेन्ट र इम्पेरियल सेक्यूरिटिज कम्पनीलाई नगद जरिवाना तिराएको हो ।
बोर्डले सनी सेक्यूरिटिजलाई तोकिएको समयभित्र बार्षिक प्रतिवेदन पेश नगरेको तथा तोकिएको समयभित्र म्याद थपका लागि निवेदन समेत पेश नगरेको भन्दै १० हजार जरिवाना गराएको छ ।
त्यस्तै, त्रिशुल सेक्युरिटिज एण्ड इन्भेष्टमेन्ट र इम्पेरियल सेक्यूरिटिज कम्पनीलाई तोकिएको समयभित्र बोर्डमा आर्थिक बर्ष २०७९/८० को पहिलो त्रैमासिक प्रतिवेदन पेश नगरेको भन्दै ७५ हजार रुपैयाँका दरले जरिवाना तिराएको बोर्डले जनाएको छ।