images
images

३ कम्पनीको शेयर कारोबार फुकुवा 


  • 413
    SHARES
  • २०७९ माघ ३ गते मंगलबार

    ३ कम्पनीको शेयर कारोबार फुकुवा 

    काठमाडौं । तीन कम्पनीको शेयर कारोबार फुकुवा भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले माघ ३ गते गरेको निर्णय अनुसार महुली लघुवित्त, महिला लघुवित्त र साल्ट ट्रेडिङ्ग कर्पोरेशनको शेयर कारोबार फुकुवा गर्ने निर्णय गरेको हो । 

    यी तीन कम्पनीले गत आर्थिक वर्ष २०७८।७९ को लाभांश सम्बन्धी पत्र नेप्सेमा कारोबार समयमा पठाएको हुँदा नेप्सेले धितोपत्र सूचीकरण विनियमावली बमोजिम दुवै कम्पनीको शेयर रोक्का राखेको थियो ।

    नेप्सेले तीन कम्पनीलाई तीन दिनभित्र स्पष्टिकरण पेश गर्न भनेकोमा यी तीनै कम्पनीले सो समयभित्र स्पष्टिकरण पेश गरेकोमा नेप्सेले आगामी दिनमा यस्तो गल्ती नदोहोर्यान सचेत गराउँदै दुवै कम्पनीको शेयर कारोबार फुकुवा गरिदिएको हो ।

     


    images
    images

    Logo