images
images

३२ अंकले बढ्यो नेप्से, ३ अर्ब ७२ करोडको कारोवार


  • 290
    SHARES
  • २०७९ माघ ३ गते मंगलबार

    ३२ अंकले बढ्यो नेप्से, ३ अर्ब ७२ करोडको कारोवार

    काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) परिसूचक ३२. ७२ अंकले बढेर २ हजार १ सय ८२ दशमलव ११ विन्दुमा पुगेको छ । साताको पहिलो दिन नेप्सेमा १ करोड १८ लाख ८३ हजार २ सय ८७ कित्ता शेयर ३ अर्ब ७२ करोड ४७ लाख ९४ हजार ५ सय ८७ दशमलव ७६ रुपैयाँ बराबरको शेयर कारोवार भएको छ । 

    आज कारोवारमा आएका २ सय ५ कम्पनीमध्ये १ सय ६९को शेयर मूल्य बढेको, ३० को शेयर मूल्य घटेको र ६ को स्थिर रहेको छ । १३ मध्ये बैंकिङ उपसमूह बाहेक १२ उपसमूहको सूचक बढेको छ । 

    नेप्सेको अनुसार आज कारोवारमा आएका मध्ये ३ को शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सकारात्मक सर्किट लाग्नेमा ग्रीन भेन्चर्स लिमिटेड, आदर्श लघुवित्त वित्तिय संस्था लिमिटेड र पिपल्स हाइड्रोपावर लिमिटेड रहेका छन् । 

    आज सबैभन्दा धेरै कित्ता शेयर र धेरै रकमको कारोवार अपि पावर कम्पनी लिमिटेडको भएको छ । 


    images
    images

    Logo