images
images

मोलुङ्ग हाइड्रोपावरको आईपीओमा आवेदन दिने समय थपियो


  • 466
    SHARES
  • २०७९ माघ ३ गते मंगलबार

    मोलुङ्ग हाइड्रोपावरको आईपीओमा आवेदन दिने समय थपियो

    काठमाडौं । मोलुङ्ग हाइड्रोपावर कम्पनीको आईपीओमा आवेदन दिने समय थप गरिएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा बसी रोजगार गरिरहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गरेको थियो । 

    जसमध्ये वैदेशिक रोजगारमा गएका नागरिकलाई आवेदन भर्ने आज अन्तिम दिन हो भने आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि समय थप गरेर अब माघ १० गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।

    कम्पनीले आफ्नो जारी पूँजी ८० करोड २५ लाख रुपैयाँको १० प्रतिशतका दरले हुने आउने ८ करोड २ लाख ५० हजार रुपैयाँ बराबरको ८ लाख २ हजार ५ सय कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि निष्काशन गरेको छ। 

    त्यसैगरी, कम्पनीले वैदेशिक रोजगारीमा रहका नेपालीहरुका लागि २ लाख ७२ हजार ८ सय ५० कित्ता, सामूहिक लगानी कोषका लागि १ लाख ३६ हजार ४ सय २५ कित्ता तथा कर्मचारीका लागि ५४ हजार ५ सय ७० कित्ता शेयर पनि निष्काशन गरेको छ।

    सो शेयरमा न्युनतम १० कित्तादेखि अधिकतम ८ हजार कित्तासम्म आवेदन दिन सकिनेछ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।


    images
    images

    Logo