काठमाडौं । कालिञ्चोक दर्शन आईपीओ आजदेखि खुल्दैछ । कम्पनीले सर्वसाधारणका लागि १० लाख ८० हजार कित्ता शेयर जारी गर्न लागेको हो ।
कुल निष्काशित शेयरमध्ये कम्पनीले यस अघि १ लाख ८ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि र ५४ हजार कित्ता सामूहिक लगानी कोषहरुका लागि निष्काशित गरिसकेको छ । त्यसैगरि २१ हजार ६ सय कित्ता कर्मचारीकालागि छुट्याएर बाँकी रहेको ८ लाख ९६ हजार ४ सय कित्तामा सर्वसाधारणले आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।
यस्तो निष्काशन बन्द छिटोमा माघ ६ गतेसम्म र ढिलोमा माघ १७ गतेसम्म हुनेछ । सो आईपीओमा लगानीकर्ताले न्युनतम १० कित्तादेखि अधिकतम ४ हजार ९ सय ९० कित्तासम्म आवेदन दिन सक्नेछन् ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ।



