काठमाडौं । नेप्सेले २ कम्पनीको शेयर मूल्य समायोजन गरेको छ । सोमवार आँधीखोला लघुवित्त वित्तीय संस्था र नेको इन्स्योरेन्सको शेयर मुल्य आज समायोजन भएको हो ।
आँधीखोला लघुवित्त वित्तीय संस्थाले घोषणा गरेको ३० प्रतिशत बोनस शेयर पछि मुल्य समायोजन भएको हो । समायोजन पछि कम्पनीको मुल्य १ हजार ३ सय ६५ रुपैयाँ ६६ पैसा कायम भएको छ सो कम्पनीको अन्तिम कारोवार मूल्य १ हजार ७ सय ७५ रुपैयाँ ५० पैसामा भएको थियो ।
त्यस्तै, नेको इन्स्योरेन्सको १५ प्रतिशत बोनस शेयरपछि आज मूल्य समायोजन भएको छ । समायोजन पछि कम्पनीको मुल्य७ सय ७८ रुपैयाँ ४३ पैसा कायम भएको छ सो कम्पनीको अन्तिम कारोवार मूल्य ८ सय ९५ रुपैयाँ २० पैसामा भएको थियो ।
मुल्य समायोजन पछि कायम हुने नयाँ मुल्यको आधारमा मंगलवार ती कम्पनीको शेयर कारोबार सुरु हुनेछ ।



