काठमाडौं । यो साता सेयर बजारको परिसूचक नेप्से ५.४६ अंकले बढेर २ हजार १ सय ४९ दशमलव ३९ विन्दुमा पुगेको छ । साताका ४ कारोबार दिनमध्ये २ दिने बजार बढेसँगै नेप्सेले सो बराबरको अंक कमाएको हो। यस साता नेप्सेसँगै कुल बजार पूँजीकरण पनि बढेको छ। कुल बजार पूँजीकरण पनि ३१ खर्ब ३ अर्ब रुपैयाँ पुगेको छ।
साताको पहिलो दिन आइतबार परिसूचक नेप्से २०.६८ अंकले बढेर २ हजार १ सय ६४ दशमलव ४८ विन्दुमा पुगेको छ । सो दिन ५ अर्ब ४५ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो ।
त्यस्तै, दोस्रो दिन सोमबार ४६.७६ अंकले २ हजार २ सय ११ दशमलव ७७ विन्दुमा पुगेको छ । सो दिन ५ अर्ब ३१ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो । त्यस्तै, साताको तेस्रो दिन मंगलबार २१.३५ अंकले घटेर २ हजार १ सय ९० दशमलव ४३ विन्दुमा पुगेको छ । सो दिन नेप्से घटेपनि कारोबार रकम भने बढेको छ । सो दिन ७ अर्ब ६५ करोड रुपैयाँ शेयर कारोबार भएको थियो ।
चौथो दिन बुधबार पृथ्वी जयन्ती परेको कारणले सरकारले सार्वजनिक दिएको थियो भने साताको अन्तिम दिन विहीबार ४१.०२ अंकले घटेर २ हजार १ सय ४९ दशमलव ३९ विन्दुमा पुगेको छ । सो दिन ५ अर्ब ४७ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो ।
यस साता एक कम्पनीको बोनस शेयर नेप्सेमा सुचीकृत भएको छ । आँधिखोला लघुवित्तको १९ प्रतिशत बोनस वापतको १ लाख ९० हजार कित्ता बोनस शेयर नेप्सेमा सुचीकत भएको हो ।



