काठमाडौं । हिमाल दोलखा हाइड्रोले हकप्रद निष्काशनका लागि नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । कम्पनीले पुस २६ गते हकप्रद निष्काशन गर्नको लागि बोर्डमा निवेदन दिएको हो ।
कम्पनीले कायम चुक्ता पूँजी १ अर्ब २० करोड रुपैयाँको १ः.७५ को अनुपातमा हकप्रद जारी गर्ने भएको हो । कम्पनीले हकप्रद निष्काशनको लागि लक्ष्मी क्यापिटललाई बिक्रि प्रबन्धक चयन गरेको छ।