काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज नेप्से परिसूचक ४१.०२ अंकले घटेको छ । साताको अन्तिम दिन नेप्सेमा १ करोड ४४ लाख ८२ हजार ९ सय ५९ कित्ता शेयर ५ अर्ब ४७ करोड ७६ लाख २४ हजार रुपैयाँ बराबरको शेयर कारोवार भएको हो ।
आज कारोवारमा आएका २ सय ६ कम्पनीमध्ये १ सय ८४ को शेयर मूल्य घटेको, २१ को बढेको छ भने १ वटाको स्थिर रहेको छ । १३ मध्ये १उपसमूहको सूचक बढेको छ भने १२ उपसमूहको सूचक घटेको छ । ट्रेडिङ सूचकबाहेक अन्य उपसमूहको सूचक घटेको छ ।
आज कारोवारमा आएका २ कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सकारात्मक सर्किट लाग्ने कम्पनीहरुमा कुमारी धनवृद्धि योजना र सिंगटी हाइड्रो इनर्जी रहेका छन् ।
बिहीवार सबैभन्दा धेरै शेयर कारोवार हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलोपमेण्ट कम्पनीको भएको छ । धेरै रकमको कारोवार शिवम् सिमेन्टको भएको छ ।



