काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले साल्ट ट्रेडिङ कर्पोरेशनको शेयर कारोबार रोक्का गरेको छ । नेप्सेले विहीबार साल्ट ट्रेडिङ कर्पोरेशनको शेयर कारोवार रोक्का राखेको हो ।
कम्पनीले लाभांश घोषणाबारेको जानकारी नेप्सेमा गराए लगत्तै नेप्सेले कम्पनीको कारोबार रोक्का राखेको छ । कम्पनीले विहीबार ८ः३० बजे सञ्चालक समितिको बैठक राखेर कारोबार समयमा लाभांश बारेको जानकारी नेप्सेमा पठाएपछि नेप्सेले कारोबार रोकेको हो ।
साथै कम्पनीलाई यसको जवाफ ३ दिन भित्र पठाउन निर्देशन समेत दिइएको छ । लाभांश बारेको सूचना कारोबार सुचारु हुन् अगावै जानकारी गराउनु पर्ने ब्यबस्था रहेको छ । कम्पनीले गत वर्षको नाफाबाट चुक्ता पुँजीको १० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ५ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको छ ।



