images
images

युनाइटेड इन्स्योरेन्सको शेयर कारोबार रोक्का


  • 427
    SHARES
  • २०७९ पौष २८ गते बिहीबार

    युनाइटेड इन्स्योरेन्सको शेयर कारोबार रोक्का

    काठमाडौं । युनाइटेड इन्स्योरेन्सको शेयर कारोबार रोक्का भएको छ । बिहीवार नेप्सेले सो कम्पनीको शेयर कारोबार रोक्का राखेको होे । 

    युनाइटेड इन्स्योरेन्स र अजोड इन्स्योरेन्सले मर्जरका लागि सम्झौता गरेसँगै शेयर कारोबार रोक्का भएको छ । 

    मंगलवार दुबै कम्पनी बिच मर्जर सम्झौता भएको थियो । उक्त सहमतिपत्रमा युनाइटेड इन्स्योरेन्सका सञ्चालक रविन्द्र राज पन्त र अजोडका सञ्चालक चिरञ्जिवी दावाले  प्रारम्भिक सहमतिपत्रमा हस्ताक्षर गरेका छन् । 

    सम्झौता अनुसार कम्पनीको स्वाप रेसियो  १००ः९० को अनुपातमा मर्जर गर्ने  सहमति भएको छ ।

    मर्जर पछि बन्ने कम्पनीको नाम युनाइटेड अजोड इन्स्योरेन्स राख्ने सहमति भएको छ भने प्रमुख कार्यकारी अधिकृतमा अजोडका कुमार बहादुर खत्री हुने सहमति भएको छ । 

     


    images
    images

    Logo