काठमाडौं । आज ६ वटा बैंकसहित ११ कम्पनीहरुले साधारणसभा गर्ने भएका छन् । बिहीवार नेपाल दूरसञ्चार कम्पनी, लक्ष्मी बैंक, प्राइम कमर्सियल बैंक, राष्ट्रिय वाणिज्य बैंक, हिमालयन बैंक, सिभिल बैंक, सिद्धार्थ बैंक, अप्पर सोलु हाइड्रो इलेक्ट्रिक, राधी विद्युत, इमर्जिङ नेपाल, र सोल्टी होटलले साधारण सभा बोलाएका हुन् ।
नेपाल दूरसञ्चार कम्पनीले प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा बिहान १० बजे बस्ने गरी वार्षिक साधारण सभा बोलाएको छ । सो कम्पनीले ४० प्रतिशत नगद लाभांश वितरण गर्ने, लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेण्डा पारित गर्नेछ ।
लक्ष्मी बैंकको सभा अग्रवाल भवन, कमलपोखरी, काठमाडौंमा बिहान ११ बजे सभा बस्ने भएको छ । बैंकले अन्य बैंक तथा वित्तीय संस्थासँग मर्जर वा एक्विजिसन गर्नुपरेमा सम्पूर्ण कामको अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने विशेष प्रस्ताव राखेको छ । बैंकले यस वर्ष शेयरधनीहरुलाई कुनै पनि लाभांश नदिने निर्णय गरेको छ ।
प्राइम कमर्सियल बैंकले बबरमहलस्थित कार्की ब्यांक्वेटमा बिहान ११ बजे बस्नेगरि सभा बोलाएको छ । सो सभाले ४ प्रतिशत बोनस शेयर र कर प्रयोजनसमेतका लागि ४.९५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने, अन्य कुनै बैंक तथा वित्तीय संस्थासँगै मर्जर तथा प्राप्ति गर्ने सम्बन्धमा आवश्यक सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने एजेण्डा राखेको छ ।
यस्तै, राष्ट्रिय वाणिज्य बैंकले दरबारमार्ग स्थित बैंकको सभा हलमा दिउँसो २ बजे बस्ने गरी सभा बोलाएको छ । सो सभाले कम्पनीले ५ प्रतिशत बोनस शेयर र ७.५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने, लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेण्डा राखेको छ ।
त्यसैगरि हिमालयन बैंकले होटल सोल्टी सोल्टीमोडमा बिहान ११ बजे बस्ने गरी साधारण सभा बोलाएको छ । सभाले ८ प्रतिशत बोनस शेयर र ११.११ प्रतिशत नगद लाभांश पारित गर्ने, सभाले बैंकले सिभिल बैंकलाई प्राप्ति गर्ने एजेण्डा राखेको छ ।
सिभिल बैंकले अमृतभोग कालिकास्थान, काठमाडौंमा बिहान ११ बजे बस्ने गरी साधारण सभा बोलाएको छ । सभाले सेयरधनीहरुले ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको ०.२६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
यस्तै, सिद्धार्थ बैंकले सभा आर्मी अफिसर्स क्लब भद्रकाली, काठमाडौंमा बिहान ११ बजे सुरु हुने भएको छ । सो सभामा बैंकले प्रस्ताव गरेको १२.५० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.६६ प्रतिशत नगद लाभांश वितरण गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने , अन्य कुनै बैंक तथा वित्तीय संस्थासँग मर्जर वा एक्विजिसन गर्नुपरेमा सम्पूर्ण कामको अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने प्रस्ताव पारित गर्नेछ ।
त्यसैगरि अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनीले लिसरा रिसेप्सन भगवती बहाल, नक्सालमा बिहानको १० बजे बस्ने गरी सभा बोलाएको छ । सभाले लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्ने लगायतका एजेण्डा पारित गर्नेछ ।
यस्तै, राधी विद्युत कम्पनीले त्रिपुरेश्वर, काठमाडौंमा बिहान ११ बजे बस्ने गरी साधारण सभा बोलाएको छ । सो सभाले ४.७५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.२५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
इमर्जिङ नेपालले पनि आज थापागाँउ, नयाँ बानेश्वर काठमाडौंमा बिहान ११ बजे बस्ने गरी सभा बोलाएको छ । सो कम्पनीले लेखापरीक्षकको नियुक्त र निजको पारिश्रमिक निर्धारण गर्ने लगायतको एजेण्डा राखेको छ ।
सोल्टी होटलले पनि आजै सभा बोलाएको छ कम्पनीले नेपाल प्रज्ञा भवन , काठमाडौंमा बिहान ११ बजे बस्ने गरी साधारण सभा बोलाएको छ ।सभाले गत आर्थिक वर्षको मुनाफाबाट ५ प्रतिशत बोनस सेयर र २१।३१५७८९४७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
ध्चष्तभ तय



