images
images

इन्भेष्टमेन्ट र मेगा बैंकको एकिकृत कारोबार आजदेखि सुरु, कति बलियो हुँदैछ बैंक ?


  • 796
    SHARES
  • २०७९ पौष २७ गते बुधबार

    इन्भेष्टमेन्ट र मेगा बैंकको एकिकृत कारोबार आजदेखि सुरु, कति बलियो हुँदैछ बैंक ?

    काठमाडौं । नेपाल इन्भेष्टमेन्टबैंक र मेगा बैंकको एकिकृत कारोबार आजदेखि सुरु हुने भएको छ । यी दुबै बैंकले मर्जर सम्त्रन्धि सम्पुर्ण प्रक्रिया पुरा गरेर आजबाट आजबाट एकिकृत कारोबार सुरु गर्न लागेका हुन् । 

    यी दुबै बैंकले गत मंसिर २३ गते मर्जरका लागि अन्तिम सम्झौता गरेका थिए । दुबै बैंक १००ः९० को अनुपातमा अर्थात मेगा बैंकको हाल कायम शेयरधनीले मर्जरपछि बन्ने बैंकमा अहिलेको १०० कित्ता शेयर बराबर ९० कित्ता पाउने भएका छन् । मर्जरपछि बैंकको नाम नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड हुनेछ । सो नामबाट बैंकको एकिकृत कारोबार आजबाट सुरु हुन लागेको बैंकले जनाएको छ । 

    नेपाल राष्ट्र बैंकले यी दुबै बैंकलाई मर्जरका लागि अन्तिम स्वीकृति प्रदान गरिसकेको छ । दुबै बैंकले एकिकृत कारोबार प्रयोजनका लागि पुस २५ गते र २६ गते बैंकको सम्पूर्ण शाखाबाट प्रदान गरिने बैंकिङ सेवाहरु बन्द गरेका थिए। मर्जरपश्चात बैंकको केन्द्रिय कार्यलय हाल इन्भेष्टमेन्टको कार्यलय रहेको स्थान काठमाडौं दर्बारमार्गमा रहने पनि बैंकले जनाएको छ । 

    मर्जरपछि सञ्चालक समितिको अध्यक्षको रुपमा पृथ्वीबहादुर पाँडे तथा प्रमुख कार्यकारी अधिकृतको रुपमा ज्योतीप्रकाश पाण्डे रहने सहमति भएको छ । त्यसैगरी मर्जरपछि बन्ने बैंकको नयाँ सञ्चालक समितिमा दुबै बैंकको सञ्चालकहरुको प्रतिनिधित्व रहने सहमति भएको छ ।

    हाल नेपाल इन्भेष्टमेन्ट बैंकको चुक्ता पुँजी १८ अर्ब रुपैयाँ छ भने मेगा बैंकको १६ अर्ब रुपैयाँ छ । दुवै बैंक एक भएपछि बैंकको चुक्ता पुँजी ३४ अर्ब रुपैयाँ पुग्नेछ । मर्जरपश्चात् जगेडा कोष १९ अर्ब रुपैयाँ पेग्नेछ । मर्जरपछि नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको कुल सम्पती ४ खर्ब ७१ अर्ब रुपैयाँ हुनेछ भने कुल पुँजी ५८ अर्ब माथि पुग्नेछ । त्यस्तै, कुल निक्षेप ३ खर्ब ६० अर्ब रुपैयाँ हुनेछ भने ऋण ३ खर्ब २९ अर्ब रुपैयाँ हुनेछ । 

     


    images
    images

    Logo