काठमाडौं । हिमालयन डिष्टिलरी सहित ६ कम्पनीको साधारणसभा आज हुँदैछ । बुधवार हिमालयन डिष्टिलरी, मितेरी डेभलपमेन्ट बैंक, युनाइटेड इन्स्योरेन्स, बोट्लर्स नेपाल/.तराई, माउण्टेन हाइड्रो, दिव्यश्वरी हाइड्रोपावरले साधारणसभा गर्न लागेका हुन् ।
सभा घोषणा गरेको कम्पनीमध्ये हिमालयन डिष्टिलरीले कम्पनीको दर्ता कार्यालय, वीरगन्जमा बिहान १० बजे बस्नेगरि सभा बोलाएको हो । सो कम्पनीले ६० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागिसमेत १० प्रतिशत नगद लाभांश वितरण गर्ने, लेखा परीक्षकको नियुक्ति गर्ने, लगायतका एजेण्डा राखेको छ ।
त्यस्तै, मितेरी डेभलपमेन्ट बैंकले सुनसरी चेम्बर अफ कमर्स, धरान १, सुनसरीमा बिहान ११ बजे बस्ने गरि साधारणसभा बोलाएको छ । कम्पनीको एजेण्डामा १२.३५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.६५ प्रतिशत नगद लाभांश वितरण गर्ने, लेखा परीक्षकको नियुक्ति गर्ने, निर्देशकहरूको निर्वाचन गर्ने लगायतका एजेण्डा राखेको छ ।
युनाइटेड इन्स्योरेन्स नेपालले अनमोल भोज, शंखमुल, काठमाडौंमा बिहान ११ बजे बस्ने गरि साधारणसभा बोलाएको छ । सो कम्पनीले ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.२६३२ प्रतिशत नगद लाभांश पारित गर्ने, वित्तीय हाइलाइटहरू प्रस्तुत गर्ने, लेखा परीक्षकको नियुक्ति गर्ने लगायतका एजेण्डा राखेको छ ।
बोट्लर्स नेपाल/तराइ दुबैले र्याडिसन होटल, लाजिम्पाट, काठमाडौंमा बिहान ११ बजे बस्ने गरि साधारणसभा बोलाएका छन् । बोट्लर्स तराईले प्रति शेयर ६० रुपैयाँ नगद लाभांश अनुमोदन गर्ने,साधारण शेयरधारकबाट सञ्चालकको निर्वाचन गर्ने लगायतका एजेण्डा राखेको छ । त्यस्तै, बोट्लर्स नेपाल बालाजुले दिउँसो ३ बजे सभा बोलाएको छ । सो कम्पनीले प्रति शेयर २० रुपैयाँ नगद लाभांश अनुमोदन गर्ने, लेखा परिक्षकको नियुत्ती गर्ने लगायतका एजेण्डा रहेको छ ।
त्यस्तै, माउण्टेन हाइड्रोले कालीमाटी भोज, कालीमाटी, काठमाडौंमा बिहान १० बजे बस्ने गरि साधारणसभा बोलाएको छ । कम्पनीको एजेण्डामा वित्तीय हाइलाइटहरू प्रस्तुत गर्ने, लेखा परीक्षकको नियुक्ति गर्ने लगायतको रहेको छ ।
दिव्यश्वरी हाइड्रोपावरले स्काई दरबार बैंक्वेट प्रा। लि।, सिंहदरबार, काठमाडौंमा बिहान ११ बजे बस्ने गरि साधारणसभा बोलाएको छ । कम्पनीको एजेण्डामा वित्तीय हाइलाइटहरू प्रस्तुत गर्ने, लेखा परीक्षकको नियुक्ति गर्ने, निर्देशकहरूको निर्वाचन गर्ने लगायतको रहेको छ ।



