images
images

माया खोला हाईड्रोपावरको आईपीओ बाँडफाँट, कतिले पाए आईपीओ ?


  • 348
    SHARES
  • २०७९ पौष २६ गते मंगलबार

    माया खोला हाईड्रोपावरको आईपीओ बाँडफाँट, कतिले पाए आईपीओ ?

    काठमाडौं । माया खोला हाईड्रोपावरको आईपीओ बाँडफाँट सम्पन्न भएको छ । आयोजना प्रभावित क्षेत्रकालागि निष्काशन गरिएको उक्त आईपीओ आज बाँडफँट गरिएको हो । 

    कम्पनीले संखुवासभा जिल्लाको चैनपुर न.पा.को वडा नं. ८ र ९, धर्मदेवी न.पा. को वडा नं. ३,४ र ५, मादी न.पा.को वडा नं. ४ र ६ का स्थाई बासीन्दाहरुको लागि ६ लाख कित्ता र चैनपुर, धर्मदेवी र मादी नगरपालिकका स्थाई बासीन्दाहरुको लागि ४ लाख कित्ता बाँडफाँट गरिएको छ।

    उक्त शेयर बाँडफाँडमा अति प्रभावितमा १ हजार ७ सय ७२ जना आवेदकबाट प्राप्त ६ लाख ९० हजार ९ सय ४० कित्ताको लागि आवेदन प्राप्त भएको थियो , जसमा १० कित्ता देखि १२ सय कित्ता सम्म आवेदन गर्ने आवेदकलाई सम्पूर्ण कित्ता गरी जम्मा ५ लाख २१ हजार ६ सय २० कित्ता शेृयर बाँडफाँट गरिएको छ।

    यस्तै १२ सय कित्ता भन्दा बढी ९ हजार ५२० कित्ता शेयरको लागि आवेदन दिने प्रत्येक आवेदकहरुलाई १२ सय कित्ता शेयर गरी ७८ हजार कित्ता शेयर गर्दा जम्मा ५ लाख ९९ हजार ६ सय २० कित्ता शेयर बाँडफाँट भएको छ । बाँकी रहेको ३ सय ८० कित्ताको लागि १३ सय कित्ता देखि ९ हजार ५ सय २० कित्ता सम्म आवेदन दिने ६५ जना मध्ये ३८ जनालाई थप १० कित्ता शेयर बाँडफाँट गरिएको क्यापिटलले जनाएको छ।

    साथै प्रभावितमा २ हजार ६२ जना आवेदकहरुबाट ४ लाख १ हजार ८ सय कित्ताको लागि आवेदन प्राप्त भएकोमा रितपुर्वक प्राप्त भएका आवेदनहरु मध्येहरुलाई ४ लाख कित्ता सेयर धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका, २०७४ को निर्देशन ३० को ४ अनुसारले बाँडफाँड सम्पन्न गरिएको क्यापिटलले जनाएको छ।


    images
    images

    Logo